संस्कृतिमन्त्री किरातीको दशैँ शुभकामना, ‘घाटी हेरेर मात्रै हाड निलौँ’

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दशैँलाई भड्किलो नबनाउन आग्रह गरेका छन् ।  सम्पूर्ण नेपालीलाई दशैँको शुभकामना दिँदै भनेका छन्, ‘आज दशैँ राम्रोसँग मनाउँदा भोलि ऋणको भारी बोक्नु पर्ने अवस्था सिर्जना नहोस् ।’ भन्दै सचेत गराएका छन् । 
‘आफ्नो घाटी हेरेर मात्रै हाड निल्नु पर्ने’ उनको भनाई छ । 
नेपाल न्युज बैंकसँगको कुराकानीमा उनले,‘सम्पूर्ण आमनागरिकलाई दशैँ आउँदैछ, नेपालीहरुको चाड हो सबै नेपालीहरुको चाडपर्वप्रति म शुभकामनादिन चाहान्छु । अर्को कुरा नछुटाई भन्न चाहान्छु कि घाटी हेरेर हाड निलौ, आजदशैँ राम्रोसँग मनाउँदाभोलि ऋणको भारी बोक्न नपरोस, चाडवाड हाम्रै हो । अरुले हात्ती चड्यो भन्दैमा आफू कुकुर चढ्नु हुदैँन् भन्ने पुर्खाले भनेको उखानलाई आत्मासाथ गरौं ।’
सम्पूर्ण पर्वहरुले आपसीएकता र भाइचारा विकासकालागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले आफ्नो गक्षअनुसार पर्व मनाउनआह्वान गरेका छन् । मन्त्री किरातीभने यस पटकको दशै भेडि गोठमा मनाईरहेका छन् ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार