हनुमानढोकास्थित दशैं घरमा भित्र्याइयो गोरखाबाट पठाइएको फूलपाती

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं । हनुमानढोका दरबारको दशैं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।  नेपालीहरुको महान पर्व वडा दशैंको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको हो ।


आज बिहान ८ बजेको शुभ साइतमा गोरखा दरवारबाट निकालिएको अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा अपरान्ह साढे ४ बजे बाजागाजासहित दशैंघरमा भित्र्याइएको हो । 
नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको । 


जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइएको हो । 
राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन शुरु भएको मान्यता छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार