आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा 

शुक्रबार, कात्तिक ३, २०८०

काठमाडौं । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । 
काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुहेश्वरी लगायतका शक्तिपीठहरुमा दर्शनार्थीहरुले पूजाआजा गरिरहेका छन् । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ ।
नेपाल पञ्चांग निणर्ायक समितिका अध्यक्ष डाक्टर माधव प्रसाद भट्टराईका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । 
‘भगवान कृष्णको पालामा नै कात्यायनीको पूजा गरिएको छ । जसले असल पति वा पत्नी कामना गर्दछन् उनीहरुले कात्यायनीको पूजा गर्छन् । यज्ञ-यज्ञादि, दानलगायत पूण्यकर्म तथा शुभकार्यमा आसुरवृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको हो । ’
भट्टराईका अनुसार, सर्वप्रथम कलश र त्यसमा देवीलाई रातो फूल र रातो वस्त्र चढाउनु पर्छ । फेरि देवीको परिवारमा सामेल देवी देवताहरुको पूजा गर्नुपर्दछ । यसको पूजापश्चात् देवी कात्यायनीको पूजा गर्ने गरिन्छ । 
पूजाको विधि सुरू गरेपछि हातमा फूल लिएर देवीलाई प्रणाम गरेर देवीको मन्त्रको ध्यान गर्नुपर्दछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार