सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ९६० जना कोभिड १९ का सङ्क्रमित थपिएका छन् । कूल २० हजार २४५ नमूना परीक्षण गर्दा उक्त संंख्यामा कोरोना पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कूल पाँच हजार ५५ जना निको भएका छन् भने २१४ जनाको निधन भएको छ । योसँगै हालसम्म चार हजार ४६६ जनाको कोरोनाका कारण निधन भएको छ । हाल कूल ७४ दशमलव ६ प्रतिशत बराबरको निको हुने दर देखिएको छ । पछिल्लो विवरणसँगै देशभर कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार १९१ पुगेको छ । यस्तै, तीन लाख २१ हजार ५१८ जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल २७ लाख १२ हजार ५६२ जनाको रियल टाइम पिसिआर गरिएको छ । यस्तै मुलुकभर सक्रिय संक्रमितको संख्या एक लाख ५ हजार २०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३१ हजार ७३ जना छन् भने एक लाख २४ हजार ४५३ जना निको भएका छन् । यस्तै एक हजार सात जनाको निधन भएको छ । भक्तपुरमा कूल चार हजार ७५३ जना सक्रिय संक्रमित छन् भने १० हजार ६१४ जना निको भएका छन् भने २०१ जनाको निधन भएको छ । विवरण अनुसार ललितपुरमा कूल छ हजार ८४० जना सक्रिय संक्रमति रहँदा १९ हजार २१५ जना निको भएका छन् भने २७२ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ संक्रमित थपिएका छन् । केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ ।
उमेरगत सङ्क्रमण र मृत्यु उमेरगत हिसाबले बिहीवार सङ्क्रमण पुष्टि भएकाहरूमा २०९ जना १० वर्षमुनिका, ६२५ जना १० देखि १९ वर्षका, १,९४९ जना २० देखि २९ वर्षका र २,०६१ जना ३० देखि ३९ वर्षका रहेका छन् । त्यस्तै १,६०० जना ४० देखि ४९ वर्षका, १,२०७ जना ५० देखि ५९ वर्षका र बाँकी १,१३८ जना ६० वर्षमाथिका छन् । ५४ जनाको उमेर खुलेको छैन । तथ्याङ्क अनुसार हालसम्म मृत्यु हुनेहरूमा २,५५६ जना ६० वर्षभन्दा माथिका व्यक्ति छन् भने ८०५ जना ५० देखि ५९ वर्षका र ५८० जना ४० देखि ४९ वर्षका छन् । त्यस्तै २८ जना १० वर्षभन्दा मुनिका, २८ जना १० देखि १९ वर्षका र ३४० जना ३० देखि ३९ वर्षका छन् ।
साताभर उच्च सङ्क्रमण र मृत्यु सरकारले गत साता मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु र शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु भएको जनाएको थियो । त्यसैगरी आइतवार ८,८५० जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु, सोमवार ९२७१ जनमा सङ्क्रमण र १३९ जनाको मृत्यु,, मङ्गलवार ९,४८३ जनामा सङ्क्रमण र २२५ जनाको मृत्यु तथा बुधवार ९,३०५ जनामा सङ्क्रमण र १६८ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।