प्रधानमन्त्रीका स्वकीय सचिव मल्लमाथि शक्ति दुरूपयोग गरेको आरोप

बुधबार, कात्तिक १, २०८०

काठमाडौं । काठमाडौं नागर्जुन निवासी राजेन्द्रप्रसाद खनालले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव रमेश मल्लले शक्तिको दुरुपयोग गरेर दुःख दिएको भन्दै न्यायको अपिल गरेका छन् । 
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै खनालले यस घटनाबारे निष्पक्ष छानबिन भएर आफूलाई न्याय प्रदान हुन्छ भन्ने विश्वास रहेको बताए ।
उनले आफू र छोरामाथि ज्यादती गर्नेहरूमा रमेश मल्लको संरक्षणमा सरिता केसी, सुमन पुडासैनी, तारादेवी चौलागाँई, राजकुमार केसी, पशुपति बराल, दीपा बराल क्षेत्री, मुकुन्द लुईंटेल, पुरुषोत्तम खड्का, तुला मगरलगायतको नाम लिएका छन् । 
खनालले भने, ‘राज्यले संरक्षण गरेको गिरोहले पटक–पटक मान्छे फसाउँदै आएको । प्रहरीले उजुरी नलिइदिने, सम्बन्धित निकायले नसुनिदिने भएपछि म न्यायको लागि मिडियामा आएको हुँ । एउटा समूहको त्यो गिरोहलाई राज्यकै एउटा जिम्मेवार प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लबाट संरक्षण भएर जुन चिज, जुन पीडा, जुन अपराध भएको छ, त्यसको आज म खुलासा गर्न गैरहेको छु ।’
पार्टीमा रहेर पार्टीको नाममा रमेश मल्ल जस्ताले सत्ता र शक्तिको दुरुपयोग गरेको खनालको आरोप छ । 
उनले भने, ‘राज्यको तर्फबाट यसबारेमा तटस्थ छानबिन हुनुपर्छ । प्रधानमन्त्रीज्यूलाई पनि निष्पक्ष छानबिन गर्न आग्रह गरेको छु । प्रधानमन्त्रीको नाम बेचेर दलाली गर्नुभएको छ, त्यसबारे निष्पक्ष छानबिन होस् । जीवन रक्षाको मागसमेत गर्दछु । माफियाहरूले गर्दा आज पार्टीको बद्नाम भएको छ । न्यायका लागि मानव अधिकार आयोगमा पनि कुरा राख्नेछु । अन्तर्राष्ट्रियकरण गर्नुपरे पनि गर्न चाहन्छौं । अहिले पार्टीभित्र भएका अन्यायपूर्ण गतिविधि संकलन गर्दैछौं ।’

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार