गोरखा दरबारमा तीन पाथी जौको जमरा

आइतबार, असोज २८, २०८०

गोरखा । गोरखा दरबारमा ३ पाथी जौको जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेट जादा गोरखादरबार स्थित गोरखकाली मन्दिरको गर्भ गृहमा ९ माना, त्यस्तै गोरखनाथ गुफा र उपल्लोकोटको बज्रभैरब मन्दिरमा जमरा राखेको हो ।

Photo (3)1697386337.jpgयसअघि बिहान गोरखा दरबारको केलाश कोठा बाट गोरखकाली मन्दिर गर्भ गृहमा भगवती सारिएको थियो । बडा दशै नवरात्रीको अवधिभर गोरखा दरबार परिसरमा रहेको गोरखकाली मन्दिर सहित विभिन्न शक्तिपीठहरुमा बिशेष पुजा हुने गर्दछ ।

 

 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार