हनुमानढोका दसैंघरमा विधिवत रूपमा राखियो जमरा (फोटो फिचर)

आइतबार, असोज २८, २०८०

काठमाडौं । घटस्थापना अर्थात वडादसैंको पहिलो दिन काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवतरूपमा जमरा राखिएको छ ।  बिहान ११ बजेर २९ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् ।


सोक्रममा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाउनुको साथै बन्दुक पड्काएर बढाइँ गरिएको छ । हनुमानढोकाको दसैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन गाइन्छ ।
उक्त हनुमानढोकाका पूजारी सागर खरेलले दुर्गा माताले दैत्यमाथि विजयी गरेको र रामले रावणमाथि विजय गरेको उत्सवको रुपमा दसैँ मनाउँने गरेको बताए ।


उनले घटस्थापनादेखि दैनिक रुपमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन भ्रम्ह्चारिणी र तेस्रो दिन चन्द्रघन्टा गर्दै दशौं दिनसम्म पूजा गर्ने बताए । 
उनले भने, ‘यो घटस्थापना भनेको दुर्गा माताले दैत्यमाथि विजयी गरेको र रामले रावणमाथि विजय गरेको उत्सवको रुपमा हामीले नवदुर्गाको पूजा गर्छौ । घटस्थापनादेखि सुरु गरेर दशमीसम्म हामीले दैनिक रुपमा पहिलो दिनमा शैलपुत्री, दोस्रो दिनमा भ्रम्ह्चारिणी, तेस्रो दिनमा चन्द्रघन्टा गर्दै गर्दै दशौं दिनसम्म हामीले पूजा गरेर भगवती दुर्गा मातालाई खुसि बनाउँनको लागि विशेषगरि जमरा छर्ने गरेका छौ । जौ कै जमरा छर्ने गरेका छौ तर विधान पु¥याउँनको लागि मकैहरु पनि छरेका छौ ।’ 


उनले जमरा छरेपछि मानिसमा सुख, शान्ति छाउँने र रोगहरु भाग्ने जनविश्वास र शास्त्रीय मान्यता रहेको भन्दै त्यसैलाई मध्यनजर गरेरजमरा छरेका पनि बताए ।  
हनुमानढोकामा जमरा राखिसकेपछि मात्रै सबै स्थानियले जमरा राख्ने चलन रहेको छ । 


दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।
यसैगरि हनुमानढोको साथै मैतिदेवी लगायतका मन्दिरहरुमा पनि आज विधिवध रुपमा जमरा छरेर दशैँको सुरुवात गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार