बेलायत भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा

आइतबार, असोज २१, २०८०

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज बेलायत जाँदै छन् । प्रधानसेनापति शर्मा बेलायती सेनाका जनरल सर प्याट्रिक स्यान्डर्सका निमन्त्रणामा बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा जाने भएका हुन् । 
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स  स्टडिज र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको  भ्रमण गर्ने कार्यक्रम रहेको छ । 
प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्नेछन् । । प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रिएन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार