सरकारले केसीलाई दियो पशुपति क्षेत्र विकास कोष, सदस्य सचिवको जिम्मेवारी 

बुधबार, असोज १७, २०८०

काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसीलाई नियुक्त गरेको छ । 
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सञ्चालक परिषद सदस्य सचिवमा नियुक्त गरेको जानकारी सरकारकी प्रवक्ता रेखा शर्माले दिइन । 
केसीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रस्तावमा अर्को व्यवस्था नभएसम्म सदस्य सचिवको जिम्मेवारी दिइएको हो । 
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले जलहरी प्रकरणमा सदस्य सचिव मिलन कुमार थापामाथि भ्रष्टाचार मुद्दा लगाएपछि उनी निलम्वित भएका छन् । थापा निलम्बित भएपछि सदस्य सचिवको पद रिक्त बनेको थियो । 
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार