बझाङ भूकम्प : बेपत्ता महिलाको शव फेला 

बुधबार, असोज १७, २०८०

काठमाडौं । बझाङमा भूकम्पपछिको सुख्खा पहिरोमा परेर मंगलबार देखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ । टिमुर टिप्न मंगलबार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव बुधबार प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर दीपेश चौधरीले जानकारी दिए । 
इन्स्पेक्टर चौधरीको नेतृत्वमा उनको खोजीका लागि टोली खटिएको र पहिरोमा च्यापिएको अवस्थामा फेला परेको जानकारी उनले दिए । 
भूकम्पबाट बझाङमा मात्रै हालसम्म ३ सय ३६ भौतिक संरचनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । 
तर,जिल्ला प्रहरी कार्यालयले भने भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा बढी भौतिक संरचनामा क्षति पुगेको विवरण संकलन गरेको जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार