धादिङको मजुवामा ट्रकको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु 

बुधबार, असोज १७, २०८०

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा आज बिहान ट्रकको ठक्करबाट दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । 
मृत्यु हुनेमा विद्यालय जान लागेका सिद्धलेक गाउँपालिका–६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १५ सञ्जीव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जैसवालले जानकारी दिए । उनीहरु दुवै ट्युसन पढ्न जान लागेका र बाटो काट्ने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको ट्रकले आज बिहान मलेखुस्थित मजुवामा दुवै जनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत विद्यार्थी हुन । 
ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । डिएसपी जैसवालका अनुसार मृतक बालकका आफन्त र स्थानीयले विरोध गरिरहेकोले शवलाई बुझेका छैनन् । 
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार