सोसल मिडिया
Contact Us
युनिकोड
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो हप्तामा आठ हजार ६२१ जनाको नमूना परीक्षण गरिएकोमा चार हजार ३३१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार एक हप्ताअघिसम्म रोगबाट मृत्यु हुने १४५ जना रहेकामा यो हप्तामा बढेर २५६ पुगेका छन् । मृत्यु हुनेमा सबैभन्दा वढी २० देखि ३० वर्ष उमेर समूहका व्यक्ति छन् । सबैभन्दा बढी मङ्गलबार एकै दिन कैलाली, कञ्चनपुर, बझाङ, अछाम, बैतडी र डडेल्धुराका, ३१ जनाको मृत्यु भएको छ ।