सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतले दिएको १५० लिक्विड अक्सिजन कन्टेनरसहितका स्वास्थ्य सामग्री तातोपानी नाका आइपुग्दै छ । सहायता स्वरुप प्रदान गरिएका ती सामग्री छिट्टै हस्तान्तरण हुने अधिकारीले बताएका छन् । सामान नेपाल ल्याउने स्वीकृतिका विषयमा चिनियाँ दूतावासलाई जानकारी गराइएको र चिनियाँ पक्षले यथासक्य चाँडो हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीन सरकारले उपलव्ध गराउने ५ मिलियन युआन अनुदान सहायता अन्तरगत ३ हजार ५०० अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये उक्त संख्याम अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये दोस्रो लटको एक हजार ६ सय अक्सिजन सिलिण्डर नेपाल ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड उडान बारेमा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रधाानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । चीन सरकारले कोभिड सहायता अन्तरगत नेपाललाई उपलव्ध गराउने थप ५ मिलियन युआन बरावरको सहयोग एअर बेस्ड अक्सिजन जेनेरेटर युनिट्स उपलव्ध गराइदिन अनुरोध गर्दै नेपाली राजदूतावास वेइजिङ मार्फत अनुरोध गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सामग्री लिस्टमा समावेश सामग्रीहरू नयाँ दिल्लीबाट आपूर्ति गर्न सक्ने जानकारी प्राप्त भएको छ । अमेरिकाको सहयोगी संस्था कम्युनिटी पार्टनर्स इन्टरनेशनल, सानफ्रान्सिस्को र नेपाली समुदायको सक्रियतामा खरीद गरिएको १०० अक्सिजन कन्सन्ट्रेटर निकट भविष्यमा नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ । ओमानस्थित नेपाली राजदूतावासले स्थानीय नेपाली समुदायको सहयोगमा ६०० खाली अक्सिजन सिलिण्डर १५ मे, २०२१ मा विमान चार्टर गरी पठाउने भएकाले विमान चार्टर गरी ल्याउन समन्वय गरिएको जनाइएको छ ।–रासस