भक्तपुरमा जिब्रो छेड्ने जात्रा : बालकराम नानी श्रेष्ठले छेडे दोस्रो पटक जिब्रो (भिडियो)

शनिबार, असोज १३, २०८०

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा मनाईदैँ छ । यसवर्ष मध्यपुर थिमि नगरपालिका– ५ चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेका छन् । यसअघि उनले पहिलोपटक २०७५ सालमा जिब्रो छेडेका थिए । जिब्रो छेड्ने दिन जिब्रो छेड्ने व्यक्तिले दुता नं जामा लगाएर बालकुमारीमा पूजा गरिन्छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नु पर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख साँझ बालकुमारीदेखि दिगु भैरवसम्मको स्थानमा बत्ती दिन गइन्छ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु जामनः थरका व्यक्तिको उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यक्तिमा दैविक शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पुर्‍याइन्छ । 

Photo (12) (1)1696068647.jpg
सयौं जनमानस सामु जामनः गुरु, नायःपमा, नकर्मी नाईकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ । जिब्रो छेडेपछि झण्डै ४० किलोग्रामको भ्ये ९महादीप० बोक्न लगाई उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गर्दछ । 
यसवर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पैदलै पशुपति गएका छन् । 
जिव्रो छेडिसकेपछि यसवर्ष मध्यपुर थिमि नगरपालिका ५ दिगुटोलबाट चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ष गणेश मन्दिर दर्शनसँंगै सिद्धिकाली माइको मन्दिर भई सिद्धिकाली चोक हुदै उनी  पशुपति हिडेका हुन् । त्यहाँंबाट पुनः सानोठिमी, सिनामंगल, महादेव चोक हुँंदै एयरपोर्ट १० नम्वर गेट, सान बैंक्वेट चोक हुँदै एयरपोर्टसँंगैको बाटो हुँंदै गुहेश्वरी मन्दिर दर्शन गरी पशुपतिनाथ दर्सन गर्ने र सोही बाटो भई मध्यपुर थिमि फर्कने कार्यक्रम तालिका रहेको जात्रा व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । राति नै पैदल हिँडेर हुने यो यात्रा आवत र जावत गरी कुल मध्यपुर थिमिदेखि काठमाडौंसम्म मात्रै १७ किलोमिटर रहेको जनाइएको छ । 

Photo (14) (1)1696068697.jpg
इच्छाएको ठाँउमा परिक्रमा गरेपछि मध्यपुर थिमिको बालकुमारी मनिदरमा पुगी कमी नायोले सुइरो निकालिन्छ । सुइरो निकालिसकेपछि जिब्रोमा भएको प्वालमा नासः द्यः९नित्यनाथ० देवता परिसरको माटो राखिदिन्छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने गरिन्छ । त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाइन्छ । भोज खाईसकेपछि पूर्णिमाको भोलिपल्टको बिहान नातु पूजा भनी जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ र द्यः लित तवनेगु भनी विसर्जन पूजा गर्ने गरिन्छ ।

Photo (15)1696068694.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार