‘कहीँ नभएको जात्रा’ हाँडीगाउँमा काठमाडौं महानगर प्रमुख बालेन क्रेज (भिडियो) 

शनिबार, असोज १३, २०८०

काठमाडौं । कहीँ नभएको जात्राका नामले चर्चित हाँडीगाउँको जात्रा सुरु भएको छ । लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ । रथको गजुर तलपारी र गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ । भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ ।
यसैले फरक र पृथक शैलीमा जात्रा मनाइने भएकोले कहीँ नभएको जात्रा हाँडी गाँउमा भन्ने गरिएको छ । 
नयाँ पुस्ताले समेत यो जात्राको मौलिकता जोगाउन सकरात्मक सहभागिता जनाउने गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । 

Photo (6) (1)1696071688.jpg
स्थानीय बासी सुनिल महर्जनले अहिलेको युवाले पूराना संस्कृतिहरूलाई त्याग्दै अगाडि बढ्ने होकी भन्ने डर भएको अवस्थामा युवाको बाक्लो उपस्थिति उत्साहजनक रहेको बताए । 
उनले भने, ‘काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरसहित, विदेशी पहुँनाहरूसहित यो जात्रा मनाई रहेका छौं । यो लिच्छिवीकालदेखि नै मनाउँदै आएको हो । आजको उपस्थिति निकै राम्रो भएको छ । हजारौंको संख्यामा मानिसको उपस्थिति भएको छ । यसमा नयाँ पुस्ताको पनि राम्रो उपस्थिति रहेको छ, नयाँ पुस्तामा पनि संस्कृति जोगाउने विषयमा ध्यान दिएको देखिन्छ ।’ 
यस्तै, जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ । 

Photo (1) (1)1696071731.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार