‘आपराधिक विश्वासघात अभियोगमा’ अभिनेता अनमोल केसी पक्राउ

शुक्रबार, असोज १२, २०८०

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगी गरेको आरोपमा केसी पक्राउ परेका हुन् । केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरिएको काठमाडौं अपराध महाशाखाले जनाएको छ । 
महाशाखाका प्रमुख एआईजी दिपक थापाले केसी पक्राउ परेको पुष्टि गर्दै भने, ‘उनलाई आपराधिक विश्वास घातको अभियोगमा पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदै छ ।’
केसीले रामायण फिल्मका लागि दश लाख एड्भान्स लिएर साइन गरेको आरोप छ । 
उनले आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भने पछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध कार्यालय, बानेश्वरमा उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ गरिएको हो । 
‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार