कांग्रेस नेता गगन थापाको प्रधानमन्त्रीलाई आग्रह, ‘बिन्ती छ, सब कुरा छोडेर अक्सिजन व्यवस्थापनमा लाग्नुस्’

बुधबार, वैशाख २९, २०७८

ललितपुर । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई राजनीतिक खिचातानीलाई छोडेर अक्सिजनको व्यवस्थापनमा लाग्न आग्रह गरेका छन् ।  उनले स्वास्थ्य मन्त्रालय र सिसिएमसीले मात्रै अक्सिजन अभावलाई हल गर्न नसक्ने बताउँदै भनेका छन्, ‘सम्मानीय प्रधानमन्त्रीज्यू, तपाईको तहबाट हस्तक्षेप भयो भने यहाँ परेको गाँठो फुकाउन सकिन्छ, प्रधानमन्त्रीले चाहनु भयो भने, तपाईको तर्फबाट प्रयास भयो संभव छ, अहिले सब कुरा बिर्सेर अक्सिजन व्यवस्थापनमा लाग्न म मेरो प्रधानमन्त्रीलाई बिन्ती गर्छु ।’ अघिल्लो वर्षदेखि नै कोरोना संक्रमणबाट जनतालाई जोगाउन पूर्वाधारमा लगानी गर्दै व्यवस्थापनमा जोड दिन अघिल्लो वर्षदेखि सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै अक्सिजनको अभावले भयावह अवस्था सिर्जना गरेको बताए छन् ।
उनले भनेका छन्, ‘सरकारी अस्पतालका चिकित्सकहरुले अक्सिजनकोे अभावमा बिरामीको उपचार गर्न सकेनौं भन्नु भएको छ, बिरामीको मृत्युलाई टुलुटुलु हेर्न बाध्य हुनुपरेको छ भन्नु भएको छ ।’ पूर्वस्वास्थ्यमन्त्री थापाले अक्सिजनको व्यवस्था गरिदिनुप¥यो भन्दै आग्रहसहितको दर्जनौ फोन रिसिभ गरेको बताउँदै उपत्यका भित्रका महानगरका मेयरले समेत आइसोलेनका लागि अक्सिजन अभाव भएको भन्दै फोन गरेको समेत बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार