मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छः मन्त्री किराती

मंगलबार, असोज ९, २०८०

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएको भन्ने खबरले दुःखी बनाएको बताएका छन् । मंगलबार समाजिक सञ्जालमार्फत् उनले गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको जनाएका छन्  । उनले लेखेका छन्, ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखी बनायो । गन्तव्यमा पु¥याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ ।’आज बिहान मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका ्थिए । 

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादवसहितका नेताहरूका कारण भिआइपीका लागि सिट जरूरी परेकाले पाँचजना चिकित्सकलाई लैजान नसकिने भनिएपछि सबै चिकित्सक आउन नमानेका हुन् । 
चिकित्सकहरूलाई त्यहीँ छाडेर विमान मुगुबाट उडेको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार