इन्द्रजात्रामा २० जना विदेशी पाहुनलाई नियमन्त्रणा

सोमबार, असोज ८, २०८०


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा अवलोकन गर्न देशभित्र र अन्तर्राष्ट्रिय नगरबाट पाहुनालाई निमन्त्रणा गरेको जनाएकी छिन् । 
अहिलेसम्म २० जना विदेशी पाहुना र २२ जना स्वदेशी पाहुना अवलोकनका लागि आउने निश्चित भएको उनले बताइन् । त्यसरी आउने पाहुनाहरूलाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोका केन्द्रीत सम्पदा पदयात्रा, हॉडीगाउँ, स्वयम्भू र भक्तपुर दरवार स्क्वायरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकनलगायत कार्यक्रममा सहभागी गराइनेछ छ ।
भोलिबाट विधिवत रुपमा सुरु हुने इन्द्रजात्राको लागि काठमाडौं महानगरपालिकाले जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्धनको काम गरिरहेको उपमेयर डंगोलले बताएकी छन् । 
जात्रा अन्तर्गतका वन प्रस्थान, लिंगो नगर प्रवेशलगायत कम सम्पन्न भइसकेका छन् भने शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरुको मर्मत सम्भार, रंगरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत हामीले सञ्चालन गरिरहेको छ । 
जात्रामा राष्ट्र प्रमुखबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा छ । यो चलन मल्ल राजा जयप्रकाशका पालादेखि चलेको विश्वाश गरिन्छ । त्यसबेला राजा आफै पनि कुमारीको रथ यात्रामा जान्थे भन्ने भनाइ पाइन्छ ।
लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि जात्रा चलिआएको मानिन्छ । जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रुपमा पूजा गर्ने चलनलाई मल्ल कालसँग जोडेर हेर्ने गरिएको छ । 
तत्कालीन राजामा तान्त्रिक शक्ति भएकोले उनले देवीसँगको नियमित भेट गर्ने गरेको, देवीसंगै खेल खेल्ने गरेको, भेटघाटका क्रममा राजाका मनमा भोग र वासना उब्जिएपछि देवीबाट श्राप प्राप्त गरेको कथा यससँग जोडिएको छ । 
यसबाट पाएको दोष कटाउन र शासन बचाउन सुरु गरिएको परम्पराका रुपमा जात्रालाई हेरिन्छ । यसैकारण पनि कुमारीको रथ यात्रा हुनु पूर्व गणेश, भैरव र कुमारीको दर्शन गर्न राष्ट्र प्रमुख उपस्थित हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार