कोरोनाबाट कञ्चनपुरमा थप ११ जनाको मृत्यु

बुधबार, वैशाख २९, २०७८

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरूको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए । उनका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ । ‘अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रूपमा आपूर्ती हुन सकिरहेको छैन’, उनले भने, ‘अक्सिजन बाहेक अन्य विकल्पमा पनि सङ्क्रमितले सोच्नुपर्ने बेला आएको छ ।’ अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उहाँले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए । जिल्लामा दैनिक रूपमा सङ्क्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या पनि वृद्धि हँुदै गइरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार