सेवा प्रवाहमा प्रहरीको आचरण र व्यवहार सुधार्नुपर्छ : महानिरीक्षक कुँवर 

बिहीबार, असोज ४, २०८०

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरीबाट प्रवाह हुने सेवामा आचरण र व्यवहर सुधार गर्दै लैजानुपर्ने बताएका छन् ।
उनले नेपाल प्रहरीले गर्ने काम कारवाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुनेगरी काम गर्नुपर्ने बताए । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले प्रहरीभित्र सरुवा मापदण्डअन्तर्गत पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको उल्लेख गरे ।
उनले भने, ‘प्रहरीभित्र सरुवा मापदण्ड सिनियर अफिसरदेखि कार्यलय सहयोगीसम्मको मापदण्डको त्यही अनुसारको विधिका गएका छौं । यहाँ त कस्तो रहेछ भने जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको छ । यो कारणले पनि प्रहरीको मनोबल बढेको छैन । अहिले जो ढोका चार्न सक्दैन, जो शक्तिमा हुँदैन जो पहुँचमा सक्दैन ती व्यक्तिहरूले स्थान नपाएको अवस्था छ । यसको लागि प्रहरीले आफ्नो आचरण र व्यववहार सुधार गर्नुपर्छ ।’

महानिरीक्षक कुँवरले प्रहरीमा सुन्ने सहनशिलता हुनुपर्ने र बेला बखतमा प्रहरीलाई लाग्ने गरेको आरोपप्रत्यारोप सहन सक्नुपर्ने बताए ।

उनले सबै कुराहरूलाई स्वीकार गरेर जाने सन्दर्भमा पहिले आफू भित्रको समस्या नै समाधान गर्नुपर्ने बताए । महानिरीक्षक कुँवरले बिशुद्ध व्यावसायिक बन्न सक्यो भने आम नागरिकलाई सेवा प्रवाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार