सरकार र आन्दोलनरत शिक्षकहरु छलफलमा

बिहीबार, असोज ४, २०८०

काठमाडौं ।  सरकारले शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग छलफल सुरु गरेको छ । बिहीबार आन्दोलनरत शिक्षक र सरकारबीच बिहान ८ बजेदेखि छलफल सुरु भएको छ । 
छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई,  शिक्षा सचिव सुरेश अधिकारी रहेका छन् ।

Photo(5)1695268079.jpg
यस्तै, आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार