सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

बुधबार, वैशाख २९, २०७८

काठमाडौं । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।  विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नापतौल विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको राससलाई जानकारी दिए ।  उनले कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न आग्रह समेत गरे ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार