एमाले नेता झलनाथ खनाल घर फिर्ता

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता भएका छन् । कोभिड–१९  सङ्क्रमित भएपछि यही वैशाख १८ गते  नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन् । उनी यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त भएका हुन् । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहानुसार  डिस्चार्ज भएको जानकारी दिए । सङ्क्रमण  भएपछि  उनलाई शुरुमा अक्सिजन दिइएको  र त्यसपछि  प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।  नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार