सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताए । ‘हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ’, उनले भने, ‘अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्याँै । त्यसैले किट सकियो ।’ उनका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।