वैधानिक सरकार र जनताप्रति सेना उत्तरदायी रहने : प्रधानसेनापति 

काठमाडौंमा पृतनापति समन्वयात्मक बैठक सुरु

बिहीबार, भदौ २१, २०८०

काठमाडौं । दुई दिवसीय पृतनापति समन्वयात्मक बैठक जंगी अड्डामा सुरु भएको छ । आज भदौ २१ र भोलि भदौ २२ गतेसम्म सञ्चालन हुने बैठकको उद्‍घाटन मन्तव्य राख्‍दैँ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील एवं गहन विषयमा आयोजित कार्यक्रमले समग्र राष्ट्रको सुरक्षा अवस्था र चुनौतीहरुको पहिचान गरी समाधान गर्न मद्दत पुग्ने विश्वास लिएका छन् । 

Photo (3) (1)1694098543.JPG
खड्काले संविधानतः राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा सम्वर्द्धन गर्न नेपाली सेनाले अन्य सुरक्षा निकायहरुसँग चुनौतीहरुको विश्लेषण तथा मूल्याङ्कन गर्दै आएको बताए । 
उनले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधिन काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनालगायत विभिन्न सडक करिडोरहरुको निर्माण उच्च प्राथमिकता, राष्ट्रिय आवश्यकतासँग जोडिएको भन्दै गुणस्तरीय ढंगले निर्धारित समयमा सम्पन्‍न गर्न रक्षा मन्त्रालयलगायत सबैको सहयोग रहने विश्वास व्यक्त गरे । 

Photo (2) (1)1694098599.JPG
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाले सदैव वैधानिक सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताए । 
समन्वयात्मक बैठकमा सहभागीहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावहरु प्रस्तुत गर्ने कार्यक्रम भएको थियो ।  

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार