नेपालको चुच्चो नक्सालाई चीनले मान्यता नदिएपछि बालेनले गरे चीन भ्रमण रद्द 

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले निकालेको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो आसन्न चीन भ्रमण रद्द गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकबाट उनले नेपाललाई नसोधी नेपाली भूभागलाई चीनले भारतको देखाएको भन्दै विरोध गरेका छन् ।  
उनले लेखेका छन्, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।’
नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियो । तर, चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको नक्सालाई कायम राखेपछि बालेनले त्यसको विरोध गर्दै चीनको आसन्न पाँचदिने भ्रमणलाई रद्द गरेको जनाएका छन् । 
‘केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु,’ बालेनले लेखेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार