अश्लिल फोटो तथा भिडियो राख्ने एक युवक पक्राउ 

बुधबार, भदौ १३, २०८०

काठमाडौं । नेपाल प्रहरीले नक्कली फेसबुक आईडी बनाएर अश्लिल फोटो तथा भिडियो राखेर चरित्रहत्या गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला, भक्तपुर – १४ बस्ने वर्ष २५ का सुसन चौगुठी रहेका छन् । 
उनले सामाजिक संजाल फेसबुकमा केटी साथीहरूलाई रिक्वेस्ट पठाई साथी बनाउने र प्रेमजालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरूको दुरुपयोग गरेको आरोप छ । नक्कली आईडी मार्फत उक्त फोटो तथा भिडियो पीडितको आफन्तलाई समेत पठाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 
पक्राउ चौगुठीलाई विद्युतिय कारोवार ऐन, २०६३ अनुसार अनुसन्धान एवं कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोलाई पठाइएको छ ।  

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार