जटिल सङ्क्रमितलाई बिएण्डसी पु¥याउनेक्रम जारी 

मंगलबार, वैशाख २८, २०७८

काठमाडौँ । कोभिड–१९ का तीन जटिल सङ्क्रमितलाई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा पु¥याइएको छ । भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको  अभाव भएपछि काठमाडौँका दुई र काभ्रपलाञ्चोकका एक सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी सोमबार बीएण्डसी अस्पतालमा लगिएको हो  । यहाँस्थित ग्राण्डि अन्तराष्ट्रिय अस्पलतालका उपचाररत् सोलखुम्बुका ५० वर्षीय सार्कि शेर्पा, मनमोहन मेमोरियल अस्पतालबाट दोलखाका ५५ वर्षीय चन्द्रबहादुर लाखे र   काभ्रेका ३६ वर्षीय सुशीला योगीलाई ‘हवाई बेड लिफ्ट’ गरी  बीएण्डसी उपचारार्थ आएका अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमिश गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न  आइतबारदेखि २०० श्यया सञ्चालनमा ल्याएको थियो  । अस्पतालमा हालसम्म अक्सिजनको अभाव नरहेको विज्ञप्तिमा उल्लेख छ । मौज्दात रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ । 
अस्पतालले २५ श्यया मात्र कोरोनाका बिरामीलाई  छुट्याएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्यया रहेको छ । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थाेका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहेका छन् । विज्ञप्तिमा महामारीको वर्तमान विषम अवस्थामा अस्पतालले  सङ्क्रमितलाई उपलब्ध आफ्नो स्रोत साधनले भ्याएसम्म उपचार सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।–रासस
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार