दुधकोशी र कमला नदीमा बढ्यो जल सतह : सर्तकता अपनाउन आग्रह 

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं । निरन्तरको वर्षाले नदीहरुमा जल सतह उच्च भएपछि सिराहाको  स्थानीय प्रशासनले दुधकोशी र कमला नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन भनेको हो । 
दुधकोशी र कमला नदीमा जल सतह खतराको तह भन्दा माथि पुगेको छ ।
खोटाङको रबुवा बजारमा दुधकोशीमा पानीको सतह ६ मिटर नाघेको छ भने सिन्धुलीको रानीबासमा कमला नदीको जलसतह झण्डै ४ मिटर पुगको बाढी पूर्वमानुमान महाशाखाले जनाएको छ ।
प्रशासनले सिरहामा पछिल्लो २४ घन्टामा १ सय ९ मिलिमिटर वर्षा भएपछि सतर्कता अपनाउन आग्रह गरेको हो ।
आज, शुक्रबार बिहान मात्रै सिराहामा ४९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार