सोसल मिडिया
Contact Us
युनिकोड
पर्सा । बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमोनियाबाट ग्रसित पर्सा निवासी छ र एक बारा निवासी सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो । वीरगन्जको नारायणी अस्पातलमा भर्ना भएका वीरगन्ज–३ छपकैया निवासी ७२ वर्षीया महिलाको आइतबार दिउँसो १२ः१५ बजे, पर्साको विन्दवासनी गाँउपालिका–४ निवासी ५० वर्षीया महिलाको आइतबार अपराह्न ४ः१५ बजे, पर्साको बहुदरामाई नगरपालिका–२ निवासी ६० वर्षीय पुरुषको आज बिहान ९ बजे र बाराको निजगढ–७ निवासी ६० वर्षीय पुरुषको आज बिहान २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसै वीरगन्जको तराई अस्पतालमा भर्ना भएका वीरगन्ज–१० निवासी ६० वर्षीय पुरुषको आइतबार दिउँसो १२ः१० बजे, नेशनल मेडिकल कलेजको अस्थायी कोभिड उपचार केन्द्रमा भर्ना भएकी पर्सा पकहामैपुर गाँउपालिका– ५ निवासी ३८ वर्षीया महिलाको आइतबार साँझ ६ः३० बजे र वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएकी ६० वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।–रासस