पेट्रोलियम पदार्थको मूल्य बढ्यो : अब डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँ बढी तिर्नु पर्ने 

बुधबार, साउन ३१, २०८०

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।
 नेपाल आयल निगमले  स्वचालित मुल्य प्रणाली अनुसार भारतबाट मुल्य बढेर आएको भन्दै मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। 
निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।
यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ। 
समायोजन भएको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुनेछ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार