अक्सिजन प्लान्ट आयो, प्रयोग भएन

सोमबार, वैशाख २७, २०७८

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयमा दुई साता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए । दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान  गर्ने बायोमेडिक इन्जिनियर नहुँदा थन्किएको शाहीले जानकारी दिए । ड्रागन मेडिटेक प्रालि सुर्खेतले २९ लाख रुपैयाँमा उक्त प्लान्ट खरिद गरेको थियो । बायोमेडिक इन्जिनियर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताएका छन् । शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आपूmहरुसँग बायोमेडिक इन्जिनियर दुईजना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले बताउने गरेको छ । हाल कार्यालयमा  थन्किएर राखिएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत अक्सिजन दिन सकिने डा.मेलिना हमालले जानकारी दिइन् ।–रासस
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ०८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार