नेपाल यातायातको सेवा विस्तार भएपछि बालकोट, टिकाथली र इमाडोलवासीलाई राहत 

आइतबार, साउन १४, २०८०

ललितपुर । नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालसम्म सञ्चालन हुन थालेपछि भक्तपुरको बालकोट र ललितपुरको टिकाथली र इमाडोलवासीलाई निकै राहत पुगेको छ ।
कोटेश्वरको बालकुमारी पुलमुनी रहेको नेपाल यातायातको बस बिसौनी काठमाडौं महानगरपालिकाले हटाएपछि सो समितिले महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्यांकी नजिक मोतिमार्ग जग्गा भाडामा लिएर नयाँ विसौनी बनाएर त्यहाँबाट बस सेवा सुरु गरेको छ । 
नयाँ बस विसौनी सुरु गरेपछि भक्तपुरको लोकन्थली, मनोहरा प्लानिंग,  कौशलटार र बालकोट तथा ललितपुरको टिकाथली र इमाडोल अनि काठमाडौंको जडिबुटी र नरेफाँटका बासिन्दालाई निकै राहत पुगेको छ ।

tikathali 61690694006.jpg
मोतिमार्गदेखि हनुमन्ते करिडोर तथा मनोहरा करिडोर हुँदै सो बस नरेफाँटको नयाँ पुल, बालकुमारी पुल, कोटेश्वर, बानेश्वर, पुतलीसडक, नक्साल हुँदै  टिचिङ्ग अस्पताल, महाराजगञ्ज, सुकेधारा हुँदै ओम अस्पताल नजिक चाबहिलसम्म आउने जाने गर्छ । बस हरेक पाँच मिनेटमा छुट्ने गर्छ ।
नेपाल यातायातले नीजि जग्गा भाडामा लिएर टिकाथलीदेखि आफ्नो सेवा विस्तार गरी स्थानीय जनतालाई सेवा दिन सुरु गरेको महालक्ष्मी नगरपालिका वडा नं ५ का वडाअध्यक्ष कपिल केसीले बताए ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार