काठमाडौं महानगरबाट त्रिवि शिक्षण अस्पताललाई दश थान भेन्टिलेटर सहयोग

आइतबार, वैशाख २६, २०७८

काठमाडौं । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई दश थान भेन्टिलेटर सहयोग गरेको छ ।   कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा डा दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।  प्रमुख शाक्यले हाम्रा योजना अस्पतालमा भेन्टिलेटर र सघन उपचार कक्ष बढाउनुभन्दा व्यक्तिव्यक्तिलाई सङ्क्रमण हुनबाटै बचाउनेतिर केन्द्रित गरिनुपर्नेमा  जोड दिए । भेन्टिलेटरको मूल्य दुई करोड नौ लाख रहेको बताइएको छ । चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा  दिव्यासिंह शाहले अस्पतालमा आएका बिरामीलाई फिर्ता पठाउन नपरोस् भनेर  क्षमता र जनशक्ति व्यवस्थापनमा जोड दिइएको बताइन् । अस्पतालमा अहिले दैनिक पाँच हजार लिटर अक्सिजन खपत भइरहेको छ । सोमध्ये दुई हजार लिटर आन्तरिक प्रणाली र तीन हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । हरेक दिन यसको माग बढ्दै गएको र यसमा पनि महानगरको सहयोग आवश्यक रहेको प्रा डा  काफ्लेले बताए । 


 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ०८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार