सिपाही 

शनिबार, असार ३०, २०८०

पुरै रात डिउटी गरी बिहानीको समयमा आएको छु

छिटो छिटो गस्ती जाने तयारीमा छु 

देशको लागि लडाई गर्ने सिपाही कहिले मर्दैन

देशको इतिहासमा नाम रहिरहन्छ कहिले मेटिँदैन

 

आफ्नो घरपरिवारबाट टाढा भएर देशलाई प्रेम गर्छ

जसले आफूलाई बिर्सेर देश सम्झेको छ   

म एउटा योद्धा हुँ,रणभूमिमा युद्ध लडिरहेछु

देशलाई बैरीको हातबाट बँचाउने कसम खाएको छु

 

मलाई मेरो देशको माया छ,

यो देशको सिपाही हु बेग्लै इतिहास छ

सिपाहीको साहसले देश सुरक्षित भएको छ

नेपाल देशको गौरव हाम्रो झन्डा मुस्कुराएको छ   

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार