डिशहोम टिभि अव सिधै मोबाइलमा

बिहीबार, असार २१, २०८०

काठमाडौं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो (DishHome GO)' सञ्चालनमा ल्याएको छ । हाल सेट टप बक्समा मात्र सिमित टिभि च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलब्ध गराएको हो । १५० भन्दा बढी लाइभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ । सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभिमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्न सकिन्छ । डिशहोमले आफ्ना ग्राहकहरुलाईमात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो (DishHome GO)' मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ ।
‘डिशहोम गो (DishHome GO)' एपमा लाइभ टिभिसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाएको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार