नेपालले लियो नेदरल्याण्डसेको दुई विकेट 

शनिबार, असार ९, २०८०

काठमाडौं । नेदरल्यान्ड्सले आइसिसी विश्वकप छनोटमा नेपालले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउनेक्रममा सानदार ब्याटिङ प्रदर्शन गरेको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १४ ओभरमा २ विकेट गुमाउँदै ९६ रन बनाएको छ ।
१३ औं ओभरको अन्तिम बलमा सन्दीपले विक्रमजितलाई ३० रनमा एलबीडब्लू आउट गरे । उनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४।३ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार