नेपालले तेस्रो ओभरमै विकेट गुमायो

शनिबार, असार ९, २०८०

काठमाडौं । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गन आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध तेस्रो ओभरमै विकेट गुमाएको छ । ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा १ विकेट गुमाउँदै ३२ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ७ र भीम सार्की १ रनमा क्रिजमा छन् । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर आसिफ शेखलाई शून्यमा गुमायो । तीव्र गतिका बलर लोगन भान बिकको बलमा आसिफ बोल्ड आउट हुन पुगेका थिए ।
नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । वेस्ट इन्डिजसँगको टोलीलाई निरन्तरता दिएको छ । नेपालले पछिल्ला दुई खेलमा टोलीमा परिवर्तन नगरेको हो ।
नेपाललाई समूह ए बाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्न यस खेल जित्नै पर्ने हुन्छ । नेपाल पराजित भएको खण्डमा भने समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । उता नेदरल्यान्ड्स नेपाललाई हराउँदै सुपर सिक्समा स्थान पक्का गर्न चाहन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
अमेरिकालाई ६ विकेटले हराएको थियो । उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित हुँदा अमेरिकालाई ५ विकेटले हराएको थियो । नेपाल सुपर सिक्समा पुग्न नेदरल्यान्ड्स अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजसँग पराजित हुनुपर्ने हुन्छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार