वीर अस्पतालका सात सय शय्या आजदेखि निःशुल्क

स्वास्थ्य मन्त्रालयबाट शोधभर्ना हुने 
शुक्रबार, असार ८, २०८०

काठमाडौँ ।  वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए । 
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको हो । शय्यावापत आउने रकम स्वास्थ्य मन्त्रालयबाट सोधभर्ना हुने गरी सर्वसधारणका लागि निःशुल्क गरिएको हो । यसअघि प्रतिदिन दुई सय शय्यामा शुल्क लाग्ने गरेको थियो । अस्पतालमा क्याविन, सघन उपचारकक्ष (आइसीयू) गरी नौ सय ६० शय्या छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार