राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

शुक्रबार, असार ८, २०८०

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक  भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी  निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ । राष्ट्रपति पौडेल यही असार २ गतेदेखि सो अस्पतालमा उपचाररत छन् ।
 

WhatsApp Image 2023-06-23 at 13.54.451687527380.jpeg

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार