नेपाल, भारत, पाकिस्तान र श्रीलंका एकै समूहमा

शुक्रबार, असार ८, २०८०

काठमाडौंं । एसिसी इमर्जिङ एसिया कप २०२३ एकदिवसीय प्रतियोगिता श्रीलंकामा हुने भएको छ । आगमी जुलाई १४ देखी २३ सम्म श्रीलंकामा हुने प्रतियोगितामा नेपाल समूह ए मा छ । नेपाल, पाकिस्तान, भारत र श्रीलंका ए एकै समूहमा रहनेछन् ।
तीन टेस्ट टोलीले भने इमर्जिङ एसिया कपमा आफ्नो ए टोली पठाउने छन् । समूह बीमा ओमान, युएई, बंगलादेश, र अफगानिस्तान ए रहनेछन् । इमर्जिङ एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । नेपाल र पाकिस्तान ए बी को पहिलो खेल १४ जुलाईमा खेल्नेछ ।
नेपालले दुई महिना अघि घरेलु मैदान टियुमा सम्पन्न एसिसी प्रिमियर कपको उपाधि जित्दै इमर्जिङ एसिया कपमा स्थान बनाएको थियो । एसिसी प्रिमियर कपमा नेपाल, युएई र ओमानले शीर्ष तीनमा रहँदै इमर्जिङ एसिया कपमा स्थान बनाएका थिए ।
नेपाल वर्तमान समयमा आइसिसी विश्वकप छनोटको लागि जिम्बावेमा छ । नेपाली सिनियर टोली लगातार ब्यस्त हुँदा इमर्जिङ एसिया कपमा केहि युवा खेलाडीलाई मौका दिनसक्ने सम्भावना छ । नेपालले इमर्जिङ एसिया कपको लागि विश्वकप छनोटपछि टोली घोषणा गर्ने अनुमान गरिएको छ ।
इमर्जिङ टिम्स एसिया कपमा टेस्ट टोलीका यू–२३ खेलाडी खेल्नेछन् । इमर्जिङ टिम्स एसिया कपमा नेपाल २०१९ मा खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल भारतसँग ७ विकेट र बंगलादेशसँग ८ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।
नेपालले हङकङलाई ४० रनले हराएको थियो । त्यसपछि भने इमर्जिङ टिम्स एसिया कप हुन सकेको छैन । नेपालले २०१३ र २०१७ को एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेको थियो । २०१८ मा भने नेपाल छनोट हुन सकेको थिएन ।
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार