नेपाललाई तेस्रो झट्का ओपनर आसिफ आउट

बिहीबार, असार ७, २०८०

काठमाडौं ।  नेपालका विकेटकिपर आसिफ शेख आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध आउट भएका छन् । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै ६५ रन बनाएको छ । नेपालका आसिफ शेख ३६ बलमा ३ चौकासहित २८ रनमा आउट भएका छन् ।
तीव्र गतिका बलर किमो पलको १२ औं ओभरको अन्तिम बलमा आसिफ टस एज लागेर स्लिपमा कायल मेयर्सबाट क्याच आउट भएका हुन् । क्रिजमा रोहित पौडेल ११ रनमा छन् । उनलाई आरिफ शेखले साथ दिनेछन् ।
तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल ५ रनमा बोल्ड आउट भए । जेसन होल्डरको पाँचौं ओभरको दोस्रो बलमा स्कुप खेल्न धुनमा भीम सार्की टप एज लागेर विकेटकिपर शाई होपबाट क्याच आउट गराए । कप्तान रोहित पौडेललाई ब्यक्तिगत ६ रनमा स्लिपमा कायल मेयर्सले क्याच छाड्दै जीवनदान दिएका थिए ।
त्यसअघि हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो ।
वेस्ट इन्डिजका कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनमा आउट भए । निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए ।
एक समय वेस्ट इन्डिज १५.३ ओभरमा ५५–३ को अवस्थामा थियो । तर चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार