नेपाली खेलाडीले क्याच मिस गरेपछि वेस्ट इन्डिज खेलमा फर्कियो

बिहीबार, असार ७, २०८०

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिज नेपालविरुद्ध खेलमा फर्किएको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ३६ ओभरमा ३ विकेट गुमाउँदै २ सय ०२ रन बनाएको छ ।
वेस्टइन्डिजका कप्तान शाई होप १०० बलमा ८८ रनमा नट आउट छन् । उनलाई निकोलस पुरनले ६७ बलमा ८३ रनमा साथ दिएका छन् । चौथो विकेटका लागि पुरन र होपले १ सय ५४ रनको शतकीय साझेदारी गरि सकेका छन् ।
नेपालले वेस्ट इन्डिजका प्रमुख ब्याटर निकोलस पुरनलाई ब्यक्तिगत तीन रनमै जीवनदान दिएको थियो । त्यसपछि वेस्ट इन्डिजले खेलमा राम्रो पूनरागमन गरेको छ । स्पिनर ललित नारायण राजवंशीको १७ औं ओभरको अन्तिम बलमा पुरनको एज लागेको बल विकेटकिपर आसिफ शेखले छाड्न पुगेका थिए ।
नेपालले सुरुवात भने सानदार गरेको थियो । तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा बायाँ हाते ओपनर कायल मेयर्सको क्याच कुशल भुर्तेलले लिएका हुन् । उनले लामो दौडका साथ मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि मेयर्स एक रनमा पेभेलिएन फर्किएका थिए ।
युवा तीव्र गतिका बलर गुलशन झाले पाँचौं ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई शून्यमा पेभेलिएन फर्काएका थिए । गुलशनको योर्कर बलमा जोनसन एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् । त्यो समय वेस्ट इन्डिज ९–२ को अवस्थामा पुगेको थियो ।
तेस्रो विकेटका लागि शाई होप र किंगले ४६ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । नेपाली स्पिन सामु रन बनाउन संघर्ष गरेको वेस्ट इन्डिजको तेस्रो विकेट सन्दीपले लिएका थिए ।
सन्दीपले ब्रेन्डन किंगलाई ३२ रनमा बोल्ड आउट गरेका थिए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । त्यो समय वेस्ट इन्डिज १५÷३ ओभरमा ५५–३ को अवस्थामा पुगेको थियो । त्यसपछि भने पूरन र होपले खेलमा फर्काएका हुन् ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार