सन्दीपले लिए वेस्ट इन्डिजका ओपनर ब्रेन्डन किंगको विकेट

बिहीबार, असार ७, २०८०

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजका ओपनर ब्रेन्डन किंगलाई आउट गरेका छन् ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज १८ ओभरमा ६७÷३ को अवस्थामा छ । शाई होप ४१ बलमा ३ चौकासहित २२ रनमा अविजित छन् ।
सन्दीपले ब्रेन्डन किंगलाई ३२ रनमा बोल्ड आउट गरेका छन् । १६ औं ओभरको तेस्रो बलमा किंग बोल्ड हुन पुगेका हुन् । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
एक समय ९÷२ को अवस्थामा रहेको वेस्ट इन्डिजलाई तेस्रो विकेटका लागि शाई होप र किंगले ४६ रनको साझेदारी गरेका थिए । सन्दीपले ओपनर किंगलाई आउट गर्दै पछिल्ला दुई खेलमा विकेट विहीन यात्रा समाप्त पारेका छन् ।
तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा कायल मेयर्सको क्याच कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलले लामो दौडका साड मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि मेयर्स एक रनमा पेभेलिएन फर्किएका थिए ।
युवा तीव्र गतिका बलर गुलशन झाले पाँचौं ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई शून्यमा पेभेलिएन फर्काएका थिए । गुलशनको योर्कर बलमा जोनसन एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार