पावर प्लेमा वेस्ट इन्डिजविरुद्ध नेपालको उत्कृष्ट बलिङ

बिहीबार, असार ७, २०८०

काठमाडौं ।  नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध पावर प्लेमा उत्कृष्ट बलिङ गरेको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले १३ ओभरमा २ विकेट गुमाउँदै ५२ रन बनाएको छ । वेस्ट इन्डिजका कप्तान शाई होप २६ बलमा ३ चौकासहित १७ रनमा क्रिजमा छन् । उनलाई ओपनर ब्रेन्डन किंगले २५ बलमा १ चौकासहित १२ रनमा साथ दिएका छन् ।
तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा कायल मेयर्सको क्याच कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलले लामो दौडका साड मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि मेयर्स एक रनमा पेभेलिएन फर्किएका थिए ।
युवा तीव्र गतिका बलर गुलशन झाले पाँचौं ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई शून्यमा पेभेलिएन फर्काएका थिए । गुलशनको योर्कर बलमा जोनसन एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् ।

नेपाललाई दोस्रो ओभरमै मेयर्सको विकेट 
नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजविरुद्ध दोस्रो ओभरमै ओपनर कायल मयर्सको विकेट लिएको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले २।३ ओभरमा १ विकेटको क्षतिमा २ रन बनाएको छ । वेस्टइन्डिजका ब्रेन्डन किंग र जोनसन चाल्र्स क्रिजमा छन् ।
तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा कायल मेयर्सको क्याच कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलले लामो दौडका साड मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि मेयर्स एक रनमा पेभेलिएन फर्किएका छन् ।
नेपालले तेस्रो बलमै ओपनर कायल मेयर्सलाई रन आउट गर्ने अवसर गुमाएको थियो । भीम सार्कीले विकेटकिपर आसिफ शेखलाई दिएको थ्रो केहि सेकेन्ड ढिलो हुँदा उनी रन आउट हुनबाट बचेका थिए ।
नेपाल र वेस्टइन्डिज दुबैले आजको खेलमा प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । वेस्टइन्डिजले अमेरिकालाई पहिलो खेलमा ३९ रनले हराएको थियो । वेस्टइन्डिजलाई विश्वकपमा पुग्न यो खेल जित्नुपर्ने दबाब छ ।
नेपाल पहिलो पटक वेस्टइन्डिजसँग खेल्दैछ । नेपालले खेल्ने यो सवैभन्दा माथिल्लो स्तरको टोली हो । वेस्टइन्डिजले समान दुई पटक टि२० र एकदिवसीय विश्वकप उपाधि जितेको छ । नेपाल आफ्नो उत्कृष्ट क्रिकेट विश्व क्रिकेटलाई देखाउन चाहन्छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार