गुलशनलाई पहिलो बलमै विकेट, नेपालको सानदार सुरुवात

बिहीबार, असार ७, २०८०

काठमाडौं । तीव्र गतिका बलर गुलशन झाले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजविरुद्ध आफ्नो पहिलो बलमै विकेट लिएका छन् । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४.१ ओभरमा २ विकेट गुमाउँदै ९ रन बनाएको छ ।
गुलशन झाले पाँचौं ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई शून्यमा पेभेलिएन फर्काएका छन् । गुलशनको योर्कर बलमा जोनसन एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् । क्रिजमा ब्रेन्डन किंग र कप्तान शाई होप छन् ।
त्यसअघि तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा कायल मेयर्सको क्याच कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलले लामो दौडका साड मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि मेयर्स एक रनमा पेभेलिएन फर्किएका थिए ।
नेपालले तेस्रो बलमै ओपनर कायल मेयर्सलाई रन आउट गर्ने अवसर गुमाएको थियो । भीम सार्कीले विकेटकिपर आसिफ शेखलाई दिएको थ्रो केहि सेकेन्ड ढिलो हुँदा उनी रन आउट हुनबाट बचेका थिए ।
नेपाल र वेस्टइन्डिज दुबैले आजको खेलमा प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । वेस्टइन्डिजले अमेरिकालाई पहिलो खेलमा ३९ रनले हराएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार