आफ्नो सम्बन्धन लिएर सञ्चालित क्यापसहरूलाई समायोजनका लागि निवेदन दिन त्रिविको आग्रह

मंगलबार, जेठ ३०, २०८०

काठमाडौँ । विद्यार्थी संख्या न्यून हुनु ततथा सञ्चालन खर्च यथारथ रहँदा आर्थिक संकट बेहोरेका क्यापसलाई समायोजन हुन इच्छुक भए निवेदन दिन त्रिभुवन विश्वविधालयले आग्रह गरेको छ । 
सम्बन्धन पाएका दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । 

354043133_1035894450725837_3167445071531736522_n1686640647.jpg
त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्यापसले आफ्नो क्यापससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेश गर्न सूचना जारी गरेको हो । 
निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवदेन  दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार