ललितपुर महानगरको चोक-चोकमा  अग्ला बत्ती 

बुङमतिमा पनि अग्लो बत्ती जडान हुने 
मंगलबार, जेठ ३०, २०८०

ललितपुर । स्मार्ट सडक बत्ती जडान भएपछि ललितपुर महानगरका सडक यसै उज्यालो थियो, चोक चोकमा अहिले हाइ मास्ट स्मार्ट सडक बत्ती (अग्ला बत्ती) जडान भएपछि सहर भिmलिमिली भएको छ । ललितपुर महानगरले महानगरका १२ वटा चोकमा यस्ता बत्ती जडान गर्दैछ । ती मध्ये चारवटा चोकमा बत्ती जडान भइसकेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनले भने, ‘महानगरलाई उज्यालो बनाउने अभियान अन्तर्गत हामीले स्मार्ट सडक बत्ती जडान गरेका हौं ।’ 
विद्युत प्राधिकरणसँगको सहकार्यमा महानगरले हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गरेको हो । पुल्चोक क्याम्पस, महानगरपालिकाको भवन अगाडि, जावलाखेल र लगनखेलमा यो बत्ती जडान भइसकेको पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जन बताए । 
उनले भने, ‘बत्तीले टाढासम्म उज्यालो देओस् भनेर चोक चोकमा राखेका हौं ।’ ६० देखि १०० मिटर रेडियसमा यो बत्तीले प्रकाश छर्नेछ । १६ मिटर अग्लो पोलमा हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गरिएको हो । 
कुपण्डोलस्थित बागमती पुल, पुल्चोक इनार (नबिल बैंक नजिकै), लगनखेल चोक बसपार्क, बटुक भैरब मन्दिर अगाडि बुङमती बसपार्क, शंखपार्क शंखमुल, ठाडोढुंगा चोक, धोबीघाट ढुंगेधारा, महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी मन्दिर बत्ती जडान गर्नका लागि बेस तयार भएको छ । एक साताभित्र सबै चोकमा यो हाइ मास्ट स्मार्ट सडकबत्ती जडान भइसक्ने उनले बताए । 

353889061_728333092425490_6338765959137528025_n1686637834.jpg

सुनाकोठी, धापाखेल बुङमती, खोकना, हरिसिद्धि पनि झिलिमिली
महानगरको चक्रपथबाहिरका वडाहरू सुनाकोठी, धापाखेल, खोकना, हरिसिद्धि भिलिमिली भएका छन् । 
चक्रपथबाहिरका वडाहरू सुनाकोठी, बुङमती, खोकना, हरिसिद्धि, भैसीपाटी, धापाखेलमा ललितपुर महानगरले स्मार्ट सडकबत्ती जडान गरेसँगै यी वडा उज्यालो भएका हुन् । 
महानगरले यी वडाहरुमा १४ सय बत्ती जडान गरेको नगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने,‘ धेरै जसो ठाउँमा बत्ती जडानको काम सकिएको छ, कुनै कुनै ठाउँमा प्राविधिक कुरा मिलाउनु पर्नेछ, दुई साताभित्र यो काम पनि समाप्त हुन्छ ।’
यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ ।

चक्रपथमा पनि सडक बत्ती 
ललितपुर महानगरले चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ ।  महानगरले विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरी महानगरभित्र पर्ने चक्रपथ  खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको हो । बत्ती जडानका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । चत्रmपथमा जडान गरिने स्मार्ट सडक बत्तीले रातको समयमा हुने सडक दुर्घटना न्यून हुने नगर प्रमुखले बताए । उनले भने, ‘अधिकांश दुर्घटना राति भएका छन् ,ती दुर्घटना बत्ती नभएको कारणले भएका हुन् ।’ स्मार्ट सडक बत्तीले सडकलाई उज्यालो र सुरक्षित बनाउने उनको भनाई छ ।

353696985_291451866616903_6686617062835397393_n1686637857.jpg

 ‘कोर एरिया’मा दुई वर्ष अघि नै स्मार्ट सडक बत्ती 
ललितपुर महानगरको ‘कोर एरिया’ मा स्मार्ट सडक बत्ती जडान भइसकेको छ ।  महानगरपालिकाभित्रका तीनवटा रुटमा जम्मा ६ सय ६९ वटा स्मार्ट सडकबत्ती जडान गरिएको छ । बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल (इनार) ,पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म, पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भएका हुन् । स्मार्ट सडक बत्ती जडानका लागि प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणले गरेको हो ।

353889070_705533824667511_3739102577353883362_n1686637855.jpg

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार