सोसल मिडिया
Contact Us
युनिकोड
नेपालबाट अन्य देशहरुमा राम्रो काम र शिक्षाका लागि जाने प्रक्रिया धेरै वर्षौ अघिदेखि नै थियो । नेपालमा राजतन्त्र रहेका बेला नेपाली जनताहरु कामको लागि, धन कमाउन भारत र अन्य छिमेकी देशहरुमा पैदल यात्रा गर्दै जाने चलन थियो । अरु देश जना महिनौ पैदल यात्रा गर्नुपर्ने भएर मानिसहरु समूहमा मिलेर आवत जावत गर्थे । वि.स. २०१२ पछि नेपालमा पासपोर्ट बनाउन सुरु गरिएको थियो । पासपोर्ट बनाए पछि विमानबाटै अन्य धेरै देशहरुमा पैदल यात्रा बिना सजिलै जाने सुविधा पनि सुरु भयो तर पैसाको अभाबले आम जनताहरु कमै जान्थे। पहिलेकाहरु धन कमाएर आफ्नै देशमा फर्किन्थे ।
उच्च र गुनस्तरिय शिक्षा प्राप्त गर्नको लागि धेरै दसकौ अघि देखि नै नेपालीहरु भारतको चर्चित ठाउँहरु जाने गर्दथे । आज भन्दा करिब ४०-५० वर्ष अघि देखि मानिसहरु धन कमाउन छिमेकि देशहरुमा मात्र नभएर टाढाटाढाका देशमा जना थाले । साधारण जनताहरू चाहिँ आसपासको देशहरु वा खाडी जान्थे भने हाई प्रोफाइल भएकाहरु चाहिँ अमेरिका, अस्ट्रेलिया, युरोप जस्ता बिकशित देशहरुमा जान्थे । नेपाली युवायुवतीहरु विदेश गएको देखेर प्राय मानिसहरु विदेश जाने इच्छा बनिसकेका हुन्छन । युवाहरु विदेश जाने त सामाजिक प्रथा जस्तै भइसकेको छ। यही प्रथा नै नेपालमा प्रतिभा पलायन भैरहेको छ र अहिलेको अवस्था हेर्दा त सामाजिक विकृति पनि हुन बेर लाग्दैन । अहिलेका नेपाली विद्यार्थीहरुलाई सोधियो भने १० मध्ये ८ जना विद्यार्थीहरु विदेश नै जान चाहन छन् । नेपालमा १२ पास गरेकाहरु, स्नातक पढिरहेकाहरु पनि आफ्नै भविष्य बिदेशमै देख छन् ।
“नेपालमा बसेर केहि प्रगति हुन सक्दैन, न राम्रो काम पाइन्छ, न काम गरेको बापत चित्त बुझ्ने रकम पाइन्छ, न त काम गरिरहेकाहरुलाई सरकारले काम गर्नै दिन्छ, विदेश मै पढाई गुणस्तरीय छ, उतै भविष्य राम्रो छ ।” भन्ने बिचारहरु नेपाली जनताहरुको मस्तिस्कमा पसिसकेको छ। यो बिचारहरु नयाँ पुस्तामा धेरै फिजिएको देख्न सकिन्छ । १८ वर्ष मुनिकाहरुलाई एक्लै विदेश जान दिइदैन त्यही भएर १८ वर्ष पुगे पछि नागरिता र पासपोर्ट बनाउन राजधानीमा आउने गर्छन । बिहे पछि दुलही दुलाहाको घर गए जस्तै पासपोर्ट बनाए पछि युवाहरु बिदेश गईहालछन् । अनि यसरी प्रतिभा पलायन बढिरहेको छ ।
अहिलेको नैयाँ युग सामाजिक संजालले भरिएको वा छाएको जमाना। १ वर्ष नहुँदै बालकहरु मोबाइल चलाउन सिपालु, सबैको हातहातमा मोबाइल, पढेका होस् या नपढेका सबैको सामाजिक संजालमा एकाउन्ट हुन्छ। सब जना रमाउँदै सामाजिक संजाल चलाईरहन छन्। आफ्नो दैनिकी, घुम्न गएको, क- कसलाई भेटेको यहाँ सम्मकि आफूले खाएको, कुन ठाउँमा भएको जस्ता जानकारीहरु सामाजिक संजलाहरुमा हालिरहेका हुन्छन् । देश विदेशका मानिसहरुलाई चिन्छन्। आफन्त, नातेदारहरुसँग सामाजिक संजालमा जोडिएको हुन्छन। कोही बिदेशमा गएकाहरु घुमेका तस्बिरहरु सामाजिक संजालमा हाल्छन् । आनी यता नेपालमा बसेकाहरुलाई पनि विदेशमा त्यसरी नै रमाउन मनलाग्छ, त्यहाँको जिन्दगी त सुखमय हुन्छ जस्तो लाग्छ ।
विदेशका कलाकारहरु, मोडलहरु र अन्य चर्चित व्यक्तिहरु जस्तै हुन चाहन्छन्, उनीहरुसँग भेट्न पाए हुन्थ्यो, देख्न पाए हुन्थ्यो, विदेश गएपछि म उहाँलाई भेट्छु जस्ता कुराहरु सबको मनमा एक पल्ट मात्रै भए पनि आउँछ नै आउँछ ।
“फलानाको छोराछोरी त यहाँ गए, त्यहाँ गए, कत्ति रमाइलो गरिरहेको फोटोहरु हालेका थिए , ओपेरा हाउसमा फोटो खिचे छन्, आइफेल टावेरमा फोटो खिचेछन्, नैयाँ कार किने छन्, ठुलो घर पनि किनिसकेछन् ।” भन्दै हाम्रा समाजमा आमबुबाहरु एक अर्कासँग कुरा गर्ने, अप्रत्यासित रुपमा आफ्नो छोराछोरी पनि सुनाउने । फेसबुक, टिकटक मात अनेक थरि पोस्तहरु हुन्छन “ १५ वर्ष मिहिनत गरेर पढेको रिजल्ट सर्टिफिकेट आउँदा भन्दा १५ दिन कुरेर पाएको पासपोर्टमा धेरै खुशी पाउँछ।”, “ माई लास्ट उइश इज टु लिभ दिस कन्ट्री।” , भिसा लागेको फोटो देखाउदै “ माई ह्यापिनेस” .. आदि त्यादी यस्तै यस्तै पोस्टहरु देखेसी विदेश जना लोभिदैन त ?
हरेक नेपालीको घरमा कोहि न कोहि त बिदेश गएकै हुन्छ । अहिलेको नेपाल सरकारद्वारा गरिएको जनसंख्या गणनामा करिब २७ लाख जना नेपालीहरु विदेशमा छन् ।
नेपालमा यसरी नै युवाहरु धमा धम विदेश गएर बस्ने हो भने नेपाल को विकास कसरी हुन सक्ला र ? नेपाल विकास होला भन्दै बसिरहेका युवाहरु अनि अरु जनताहरु निरास भएर विदेश नै जाने ? अब विदेश गएर पढाई पुरा गरेर आउँने भन्ने युवाहरु त्यही पलायन भए । कोहि कोहि त बिदेश मै बसोबास गर्ने भन्ने सोचले नै गएका हुन्छन । नेपालमा पनि विदेशमा जस्तै रोजगारीको अवसर चाहियो र दिने सुविधाहरुमा पनि सुधार गर्नु पर्यो भनेर भन्ने कसैले आट गरेन । नेपाली युवाहरु विदेश गएर मरिमेटी काम गर्छन, कोहि खाडीको चर्को घाममा मुर्छा पर्ने गरि कोहि त मिर्गौला फेल हुने गरि काम गरि रहेका हुन्छन। किन युवाहरु विदेशमा गर्ने मेहेनत आफ्नै देशमा गर्न सक्दैनौ ? विदेश गए पछि, अब नेपालमै केहि गर्छु भनेर फर्किनेहरु औंला मै गन्न सकिन्छन् । भारतकाहरु नेपालमा आएर रोजगारी खोज् छन् तर नेपालीहरु विदेशमा गएर रोजगारी खोज्छन् ।
“जननी जन्मभूमिस्च स्वर्गदापी गरीयसी” भन्ने उखान मात्रै रह्यो ? “ विदेश गएका दाई वा दिदीलाई चिठ्ठी” भनेर अंग्रेजी र नेपालीमा सानै देखि पढ्दै आएका पाठहरू, के परीक्षामा अङ्क ल्याउन मात्रै पढिएको भयो ? “ देश विकासमा युवा को भूमिका”, “ मेरो देश मेरो परिचय” , “ मेरो कल्पनाको नेपाल”, “युवाहरु देशका कर्णधार” आदि शिर्षक मा लेखिएका निबन्धहरू, वक्तृत्वकला प्रतियोगिताहरुमा बोलिएका सबै एक प्रतियोगितामा मात्रै सिमित रह्यो ?
युवाहरुलाई सरकारले प्रतिभा पलायन हुन रोकिरहेको छैन। अझ उल्टै विदेश जना उक्साई रहेको छ भने, देशको परिस्थितिले जान बाध्य गरिरहेको छ भने जिम्मेदार नागरिक हुनुको हेतुले रोक्नु पर्यो। देश विकासमा सब युवाहरु एक जुत भएर आवाज उठाउनु पर्यो अनि भ्रस्टचारी नेताहरुलाई कारबाही गर्न जो जनतालाई चुस्ने, देश बेच्ने, युवा बेच्ने जस्ता निच कामहरु गर्ने। युवाहरु यस्तै तिब्र गतिमा बिदेश गई रह्यो भने नेपाल नै नरहला त्यसैले अहिले नै सरकारले केहि गर्नै पर्छ । (चन्द्रगिरि नगरपालिका वडा नं १४ निवासी रुपसहना महर्जन कंकाली माध्यामिक विद्यालयबाट एसईई दिएर बसेकी छात्रा हुन् ।)